[ ]
Latest News Updates

ADVERTISE WITH US

२५ मिटर गहिराइमा पनि भेटिएनन् पूर्वगृहमन्त्री घिमिरे
Monday, September 26, 2016 Posted by Chitra Khabar

आइतवार साँझ त्रिशूलीमा खसेको पूर्वगृहन्त्री माधवप्रसाद घिमिरे सवार गाडि अझैसम्म फेला पर्न सकेको छैन ।   हिजो बेलुकीदेखि नै तीनवटा डुङ्गा र एउटा र्‍याफ्टिङ प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी खोजी कार्यमा जुटिरहे पनि घिमिरेसँगै हराएको गाडी अझैसम्म नभेटिएको हो ।   

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार नदीको २५ मिटर गहिराइसम्म पुगेर खोजी कार्य गरे पनि अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन । उनले भने, ‘हामीले २५ मिटर गहिराइसम्म गएर खोज्दा पनि फेला पार्न सकिएन । त्यसभन्दा गहिराइमा जाने प्रविधि र जनशक्ति हामीहरुसँग छैन ।’   यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट गोताखोर ल्याउन कुतनीतिक पहल गर्ने बताएका छन् । उनले भने, ‘बंगलादेशमा पानीभित्र हराइरहेका मानिस र गाडी पत्ता लगाउने गोताखोर भएको सुनेको छु । त्यसलाई झिकाउन कूटनीतिक पहल गर्ने छु ।’ उनले अन्य स्रोतसाधनका विषयमा पनि उच्च सुरक्षा निकायसँग तत्काल छलफल गर्ने बताएका छन् ।   प्रधानमन्त्री प्रचण्डले भैसालोटन ब्यारेज बन्द गरेर त्यो क्षेत्रसम्म खोजी कार्यलाई तीव्रता दिन स्थानीय सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।   त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले, दुर्घटनास्थल अवलोकन गर्दै यस्तो बताएका हुन् ।   पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उहाँका तीन दाजुभाइ आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस– ३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए । सोही ठाउँबाट केही दिनअघि त्रिशूलीमा खसेको ट्रक पनि अझै बेपत्ता छ । पानी धमिलो र खोलाको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भएको बताइएको छ ।   -  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi