[ ]
Latest News Updates

ADVERTISE WITH US

यी हुन त्रिशुलीकाे दुर्घटनाबाट बाँचेका चालक
Monday, September 26, 2016 Posted by Chitra Khabar

मुक्तिनाथमा सोह्रश्राद्ध गरेर फर्कदै गर्दा पूर्वगृहमन्त्री माधव घिमिरे सवार गाडी त्रिशूलीको घेप्टेभीरमा खस्दा तीन जनाको मृत्यू भयो । पूर्वगृहमन्त्री घिमिरे र उनका अफ्नै दुई दाजुभाई अहिलेसम्म त्रिशूलीमा बेपत्ता छन् ।  
   दुर्घटनामा घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी,  अंगरक्षक सशस्त्र प्रहरीका सइ रामचन्द्र कार्की र भान्जा नारायणप्रसाद काफ्लेको मृत्यु भएको थियो । तर, सोही गाडीका चालक विष्णु राई भने बाँच्न सफल भए ।    दुर्घटनामा परि घाइते भएका चालक राईको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर उपचार भइरहेको छ । घाइते राइले दमौलीबाट घिमिरे स्वयंम आफैले गाडि चलाएको प्रहरीसमक्ष बयान दिएका छन् ।    दुर्घटना भएपछि राईले नै प्रहरीलाई खबर गरेका थिए । प्रहरी उद्धारका लागि घटनास्थल पुग्दा राई भीरबाट आफैँ हिँडेर सडकमा आइपुगेको प्रहरीले बताएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi