[ ]
Latest News Updates

ADVERTISE WITH US

कर्णाली राजमार्गमा मानव अधिकारको चासो,
Wednesday, September 14, 2016 Posted by Chitra Khabar


राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले कर्णाली राजमार्गको सञ्चालन अवस्थाबारे चासो देखाएको छ ।  

कर्णालीमा निर्वाध स्वतन्त्र र सहजै रुपमा गाडी सञ्चालन नभएर नागरिकको आवातजावतमा पटक पटक असुविधा भोगिरहेको समस्याको जानकारी लिन आयोगले जुम्लाबाट अनुगमन सुरु गरेको हो ।  
आयोगका मानव अधिकार अधिकृतहरु धनराज शाही, कुमारी महरा र रमेश रावत आयोगको कार्य क्षेत्रमा पर्ने कालीकोट जिल्लाको कोटबाडा पुगेका छन् ।  विशेष गरी मानव अधिकार उल्लङ्घनविरुद्ध परेका उजुरीको अध्ययन, अनुसन्धान र पीडित पक्षको अवस्थाबारे बुझ्न तीनजनाको टोली सम्बन्धित स्थलमै पुगेको आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त उपनिर्देशक मानबहादुर कार्कीले जानकारी दिए ।   टोलीले खाद्य उपलब्धता र त्यसको गुणस्तरबारे अनुगमन गर्नेछ ।  मानव अधिकार अधिकृत धनराज शाहीले खासगरी बर्सेनि आयात निर्यातमा प्रभाव पार्ने कर्णाली राजमार्गले यहाँको मानव जीवनशैलीमा पु¥याएको प्रभावबारे अध्ययन गर्ने बताए ।  अनुगमनबाट नजिकिँदै गरेको दसैँ तिहार सहज बनाउन र सदाबहार सवारी आवागमन गराउन सडकको गुणस्तर वृद्धिका सवालमा राज्यलाई अल्पकालीन र दीर्घकालीन विकासमा ध्यानाकर्षण गराउने लक्ष्य राखिएको अधिकृत शाहीले बताए । जनशक्ति अभावले थोरै गतिविधिमा सीमित रहेको उपक्षेत्रीय कार्यालय जुम्लाले चार अधिकृत पाएपछि हाल सेवामा प्रभावकारिता ल्याउन क्रियाकलाप विस्तार गरेको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi