[ ]
Latest News Updates

ADVERTISE WITH US

महेन्द्रनगर–देहरादुन बससेवा सञ्चालन हुने
Wednesday, September 14, 2016 Posted by Chitra Khabar


कञ्चनपुरको महेन्द्रनगरमा रहेको महकाली सेती बस तथा मिनी बस व्यवसायी समितिले भारतको देहरादुनसम्म बससेवा सञ्चालनको तयारी प्रक्रिया अगाडि बढाएको छ ।  


महाकाली सेती बस तथा मिनी बस व्यवसायी समिति र भारतको उत्तराखण्ड परिवहन निगमबीच महेन्द्रनगरदेखि देहरादुनसम्म बससेवा सञ्चालन गर्ने सम्झौता गरिएको छ । सम्झौतापछि दुवै देशका बस व्यवसायी समितिले सेवा सञ्चालनका लागि आ–आफना देशका सम्बन्धित निकायसँग अनुमतिका लागि प्रक्रिया अगाडि बढाएका छन् ।    “दुई महिनाभित्रै बससेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, महाकाली सेती बस तथा मिनी बस व्यवसायी समितिका अध्यक्ष नवीन भट्टले भने ।  दैनिक दुवै बस व्यवसायीका एक÷एकवटा बस महेन्द्रनगर —देहरादुन रुटमा सञ्चालन हुने गरी सम्झौता गरिएको उनले बताए । महेन्द्रनगरबाट यात्रुले सिधै देहरादुनसम्मको बस यात्रा गर्न पाउने भएकाले सहज हुने बस व्यवसायीको भनाइ छ । समितिले एक वर्षअघि देखि महेन्द्रनगर—नयाँ दिल्ली मैत्री बससेवा सञ्चालन गर्दै आएको छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi