[ ]
Latest News Updates

ADVERTISE WITH US

काठमाण्डौ र चितवनमा भिन्दा भिन्दै मोटरसाइकल दुर्घटना
Tuesday, September 6, 2016 Posted by Chitra Khabar

०७३/०५/२२, कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते
------------------------------------------------------------------------------

काठमाडौंको कलंकी मन्दिर नजिकै गएराती साढे ९ बजे बा २ ख ७१३४ नम्बरको बसले बा ५२ प ३३२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक नुवाकोट घर भई मातातिर्थ बस्दै आएका ३५ बर्षिय रामकुमार लामिछाने घाइते भएका छन् । घाइते लामिछानेको सिटी सेन्टर अस्पताल कलंकीमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई कलंकी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते लामिछाने राष्ट्रिय शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको खुल्न आएको छ ।



चितवनमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते

------------------------------------------------------------------------------
चितवनको हरिवनमा हिजो साँझ ६ बजे बा २ क २०६० नम्बरको ट्रिपरले ना ३७ प ९३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक स्थानीय ३२ वर्षिय सुरज थापा घाइते भएका छन् । उनको भरतपुर चितवनमा उपचार भैरहेको छ । दुबै सवारी साधन र ट्रिपर चालकलाई ईलाका प्रहरी कार्यलय हरिवनले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi