[ ]
Latest News Updates

ADVERTISE WITH US

वीरगन्ज–पथलैया सडकमा गाडी रोकेर लुटपाट गर्ने समूहका तीनजना समातिए
Monday, September 12, 2016 Posted by Chitra Khabar

वीरगन्ज, भदौ २७ । वीरगन्ज–पथलैया करिडोरमा गाडी रोकेर लुटपाट गर्ने एउटा समूहलाई पर्सा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकाहरुमा बारा, बहुअरीका रामकुमार पटेल, जटाशंकर पटेल र राजाबाबु पटेल छन् । सातजना लुटेरामध्ये बाँकी चारजना अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुले सुनसरीको दुबही–५ का नारायण साहको ३२ हजार रुपैयाँ नगद र गाडीचालकको मोबाइल लुटेर फरार भएका थिए । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi