[ ]
Latest News Updates

ADVERTISE WITH US

परराष्ट्रमन्त्री चढेको विमान दुर्घटनाबाट जोगियो
Tuesday, September 13, 2016 Posted by Chitra Khabar

परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट बचेको छ ।

मंगलबार दिल्लीबाट आएको आर ए २०६ विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको हो । उक्त विमानमा भारत भ्रमण पुरा गरी फर्किएका परराष्ट्रमन्त्री महत समेत थिए । विमानस्थल अधिकारीहरुका अनुसार ल्याण्डिङ गियर फसेको पूर्वसूचना पाइलट र विमानस्थल अधिकारीहरुलाई हुन्छ । र, अवतरणका क्रममा पूर्व सावधानी अपनाइन्छ । फमहरू राखेर विमानलाई फोर्स ल्याण्डिङ गरिन्छ भने एम्बुलेन्स, दमकलसहित पूर्व तयारी हुन्छ ।
नेपाल एयरलाइन्सको उक्त विमान अहिले धावन मार्गमै रहेको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले जनाएको छ । जसका कारण अन्तराष्ट्रिय उडान तथा अवतरण रोकिएको छ । विभिन्न देशबाट काठमाडौं आउँदै गरेका विमान डाइभर्ट गरिएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi