मलेसियाको जोहोर सेनैमा सडक दुर्घटना / नेपाली बिक्रम राईको ज्यान गयो
गत सोमबार राति करिब एघार बजे मलेसियाको जोहोर सेनैमा सडक दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ ।
राति करिब एघार बजे घटेको उक्त घटना सडक दुर्घटना भएको बताईएको छ । बिगत ५ बर्ष देखि मलेसियामा कार्यक्रत बिक्रम राईको दुर्घटनामा ज्यान गएको हो । पाँचथर घर भएको बिक्रम मलेसियाको फ़्लेक्स्ट्रोनिक्स कम्पनीमा कार्यरत थिए । पोष्टमार्टम रिपोर्ट बाट दुर्घटना बाटै ज्यान गएको बताईएको छ । यदपि दुर्घटना कसरि भएको हो र ठक्कर दिने गाडीकुन हो भन्ने बिषयमा खोजि कार्य भईरेको बताइएको छ ।
को नेपालमा घर परिवारमा खबर भैसकेको तर मृतकको लास कहिले नेपाल लैजाने हो त्यो भने तय नभएको श्रोतले बताएको छ । 





