नवलपरासीमा सवारी दुर्घटनामा एकको मृत्यु, ६ गम्भीर घाइते
२०७३/०६/१०,नवलपरासीमा सवारी दुर्घटनामा एकको मृत्यु, ६ गम्भीर घाइते
--------------------------------------------------------------
नवलपरासीको चोरमारामा लु१ख ६९३३ नम्बरको बस अनियन्त्रित भई रोकिराखेको ना ४ ख ५०१० नम्बरको ट्रकसँग ठक्कर खांदा एक जनाको मृत्यु,६ जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बारा जिल्लाको तेराकट्टी बस्ने २५ बर्षीय संदिप शर्माको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका नवलपरासीको वेनिमणिपुर सर्दी निवासी ६० बर्षीय खेमबहादुर चौधरी, दुम्किबास ५ निवासी ४८ बर्षीया रुपा परियार, अर्घाखाची निवासी २५ बर्षीय दिनेश मरासिनी, चितवनको भरतपुर उपमहानगरपालिका निवासी २६ बर्षीया सलिना गुरुङ र रुपन्देहीको खैरहनी निवासी ३१ बर्षीया अनिता सुनारको भरतपुरमा उपचार भइरहेको छ ।