[ ]
Latest News Updates

ADVERTISE WITH US

थन्किएको चिनियाँ जहाज एक वर्षपछि उडन तयार
Wednesday, September 28, 2016 Posted by Chitra Khabar

काठमाडौं, १२ असोज । एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा चिनियाँ जहाज बल्ल नियमित उडानमा फर्कने भएको छ। 
निगमसँग रहेको १७ सिट क्षमतायुक्त ‘वाइ १२ ई’ सिरिजको एक मात्र जहाजका लागि चिनियाँ जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनी लिमिटेडबाट प्रशिक्षक पाइलट पेनिटा आएपछि बुधबारबाट नियमित उडान भर्न लागेको हो।
‘लामो प्रयासपछि वाइ १२(ई जहाजले बुधबारबाट नियमित उडान गर्नेछ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार भने,‘चीनबाट एक जना प्रशिक्षक पाइलट आएपछि जहाज उड्न तयार भएको हो। हामीसँग वाई १२ ईका १० जनाको पाइलट भए पनि प्रशिक्षक पाइलट थिएनन्, त्यही भएर जहाज एक वर्षदेखि थन्किएको हो।’

उनका अनुसार प्रशिक्षक पाइटल पेनिटालाई ३ महिनाका लागि करारमा नियुक्त गरिएको छ। उनले यही जहाज उडाउने को पाइलटलाई निश्चित घन्टा उडाएपछि पाइलट बनाउनेछन्। 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi