[ ]
Latest News Updates

ADVERTISE WITH US

प्रहरी महानिरीक्षकको बुलेट प्रुफ गाडी प्रधानमन्त्रीले हडपे
Thursday, September 29, 2016 Posted by Chitra Khabar

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढ्दै आएका छन् ।
दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढ्दै आएको ‘ल्याण्ड क्रुजर अमाजन’ जिप झिकाएर चढ्न थालेका हुन् ।
यो अमेरिकी दुतावासले प्रहरी महानिरीक्षकको सुरक्षाका लागि निःशुल्क उपहारमा दिएको गाडी हो । त्यतिबेला प्रहरी महानिरीक्षक श्यामभक्त थापा थिए ।
प्रधानमन्त्री दाहालले आफ्नो ‘ल्याण्ड क्रुजर अमाजन’ लगेर चढेपछि महानिरीक्षक अर्यालले बुलेट प्रुफरहित सामान्य ल्याण्ड क्रुजर गाडी चढ्न थालेका छन् ।
महानिरीक्षकको यो गाडी हडप्ने दाहाल पहिले प्रधानमन्त्री भने होइनन् । उनका पूर्ववर्ती केपी ओलीले समेत उक्त गाडी हडपेर कार्यकालभरी चढेका थिए । –कान्तिपुर दैनिकबाट 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi