बारामा एम्बुलेन्स र ट्रक आपसमा ठोकिँदा ७ जना घाइते
२०७३/०७/०७,
----------------------------------------------------------------------------
बाराको गढिमाई नगरपालिका-३ स्थित बजेनी चोकमा भएको सवारी दुर्घटनामा परी ७ जना घाइते भएका छन् । आज बिहान साढे ११ बजे बिरगञ्जबाट सिमरातर्फ आउँदै गरेको ना ३ च ५०२० नम्बरको एम्बुलेन्स, सिमराबाट जितपुर तर्फ जाँदै गरेको ना ६ ख २०२६ नम्बरको ट्रिपरमा ठक्कर खाई चितवनबाट बिरगञ्ज जाँदै गरेको ना ५ ख ८५०० नम्बरको ट्रकमा समेत ठोकिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि एम्बुलेन्स चालक बारा निजगढ-७ का काशिनाथ तिमल्सिना, एम्बुलेन्समा सवार गढिमाई-३ की २२ बर्षिया रिता चौधरी,१४ बर्षिया पुष्पा क्षेत्री,३५ बर्षिया पुर्णिमा घिमिरे,२० बर्षिया चिरफकुट्ने माझी,५० बर्षिया मिरा सिलवाल र २५ बर्षिया अस्मिता यादव घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नेशनल मेडिकल कलेज बिरगञ्ज पठाइएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित ट्रिपर र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराले नियन्त्रणमा लिएको छ ।
२०७३/०७/०७, डोटीको लक्ष्मीनगरमा जीप दुर्घटना, ७ जना घाइते
-------------------------------------------------------------------------
हिजो बेलुकी सवा ७ बजे, डोटीको लक्ष्मीनगर ६ गुयालीमा से १ ज ३११८ नम्बरको जीप नियन्त्रण गुमाएर सडकबाट अन्दाजी १० मिटर तल खस्दा ७ जना घाइते भएका छन्। घाइते मध्ये जीपमा सवार डोटी सरस्वतीनगर ५ की लक्ष्मी मडै, छतिवन २ की चम्पा मल्ल र जीप चालक घण्टेश्वर ९ का राम बहादुर विष्टको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारको लागि धनगढी पठाइएको छ ।