[ ]
Latest News Updates

ADVERTISE WITH US

उपत्यकामा थपिए थप ३० बस,हट्लान् त माइक्रो र टेप्पो ?
Saturday, October 22, 2016 Posted by Chitra Khabar

काठमाण्डौं ।  अबको दुई हप्तापछि काठमाडौँ उपत्यकामा साझाका थप तीस बस सञ्चालनमा आउने भएका छन् । काठमाडौँ महानगरपालिकाको १० करोड रुपैयाँ लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप तीस बस सञ्चालन गर्ने तयारी गरेको हो । 


तीसवटै बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापनलगायतको काम भइरहेको साझा यातायातका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए। साझाका बस दुई सातापछि काठमाडौँ उपत्यकामा सबै बस सञ्चालन हुने छ ।

 पाण्डेका अनुसार यी ३० वटा बसमध्ये केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्कीदेखि भक्तपुर, गोदावरी—रत्नपार्क, बालाजुबाट ठमेल हुँदै विमानस्थलमा सञ्चालन गर्ने तयारी रहेको छ । साथै, पछिल्लो समय साझा यातायातले २०७० साल वैशाखदेखि उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गर्दै आएको भएपनि दश वर्षपछि गत असोज १६ गतेदेखि उपत्यकाबाहिर पनि आठ बस सञ्चालन सुरु गरेको छ । यी रुटबाट यात्रुले निरन्तर सेवा पाउने पाण्डेले जानकारी दिए । अहिले काठमाडौँबाट गोरखा, बाग्लुङ, वीरगन्ज, भैरहवा र लुम्बिनीमा साझाले सेवा दिइरहेको छ । उपत्यकाबाहिर थप बस सञ्चालन गर्नका लागि रुट अनुमतिबारे छलफल भइरहेको पाण्डेले जानकारी दिए। 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi