[ ]
Latest News Updates

ADVERTISE WITH US

अब नेपालमै मर्मत विदेशी जहाज पनि
Saturday, October 1, 2016 Posted by Chitra Khabar

आन्तरिक उडानको वायुसेवा कम्पनी वुद्ध एयरले विदेशी वायुसेवाका जहाज मर्मत सुरु गरेको छ। यो वायुसेवाले आफूसँग भएको प्रकृतिकै जहाजको मर्मत सुरु गरेको छ।  


 बुद्ध एयरका अप्रेसन म्यानेजर सुवर्ण खरेलले लामो समयदेखि आफ्नै मेन्टेनेन्स हृयाङ्गरमा जहाज मर्मत गरिरहेकाले अब एटिआर र विचक्राफ्ट जहाजमा विदेशीलाई पनि सेवा दिन थालिएको जानकारी दिए। उनका अनुसार नेपाल सरकारले विदेशी वायुसेवाका जहाज मर्मत गर्न अनुमति दिइसकेको छ ।   उनले ढाकाबाट हेलो एयर र भारतबाट एलाइन्स एयरले मर्मत गर्न नेपाल आउन इच्छा देखाएका छन्।   यसअघि भुटानको ट्रुक एयरलाई मर्मत गरेर पठाइएको खरेलले जानकारी दिए । बुद्धले लामोसमयदेखि सुविधासम्मपन्न हृयाङ्गर सञ्चालन गरिरहेको छ। 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi