[ ]
Latest News Updates

ADVERTISE WITH US

मकवानपुरमा ट्याङ्कर दुर्घटना, १ को मृत्यु, २ घाइते
Saturday, October 1, 2016 Posted by Chitra Khabar

०७३/०६/१५, मकवानपुरमा ट्याङ्कर दुर्घटना, १ को मृत्यु, २ जना घाइते
-----------------------------------------------------------------------------
मकवानपुरको नामटार-३ मा गएराती डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा परिचालक बारा गढीमाइ नगरपालिका-९ का २५ वर्षिय विनोद चौधरीको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा चुरेहील अस्पतालमा बिहान साढे ३ बजे मृत्यु भएको हो । ट्याङ्गकर चालक २७ वर्षिय कुमार लामा र धादिङ्ग गजुरीका १९ वर्षिय मानव लामा गम्भीर घाइते भएका हुन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । गए राती सवा १२ बजे भैसेबाट पालुङ्ग तर्फ जाँदै गरेको ना २ ख २८५२ नम्बरको ट्याङकर सडकबाट करिब ६ सय मिटर तल महाभीर खोलामा खसेको थियो ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi