[ ]
Latest News Updates

ADVERTISE WITH US

मोरङ्गको उर्लावारीमा एम्बुलेन्स र बस ठोक्किदा ३ जना घाईते / त्यस्तै सप्तरीको कन्चनरुपमा बसको ठक्करबाट महिलाको मृत्यु
Sunday, October 16, 2016 Posted by Chitra Khabar

२०७३/०६/३०,मोरङ्गको उर्लावारीमा एम्बुलेन्स र बस ठोक्किदा ३ जना घाईते
------------------------------------------------------------------------- 
आज बिहान ५ बजे,मोरङ्गको उर्लावारीमा मे १ च ४३८७ नम्बरको एम्बुलेन्स, बा २ ख ९९५४ नम्बरको बसको पछाडी ठोकिदा ३ जना घाईते भएका छन् । 

घाईते हुनेमा एम्बुलेन्समा सवार बिरामी भई उपचारको लागी पाँचथर शिवा ९ बाट ल्याइएकी ३० बर्षीया लक्ष्मी तुम्रोक, एम्बुलेन्समै सवार रहेको तिलक तुम्रोक र बसका यात्रु झापा दमकका १८ बर्षीय उमेश भट्टराई रहेका छन् । घाईते सबैलाई उपचारको लागी मंगलबारे अस्पताल पठाइएकोमा तिलकको अवस्था गम्भिर रहेकाले थप उपचारको लागी न्युरो अस्पताल विराटनगर रिर्फर गरिएको छ। दुर्घटना पश्चात एम्बुलेन्स चालक फरार रहेकाले खोजी भैरहेको छ ।


त्यस्तै सप्तरीको कन्चनरुपमा बसको ठक्करबाट महिलाको मृत्यु
-------------------------------------------------------------- 
हिजो बेलुका सप्तरीको कन्चनरुपमा ना २ ख ५१०१ नम्बरको बसको ठक्करबाट अन्दाजी ४० वर्षिया महिलाको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाईते भएकी महिलाको उपचारको क्रममा कोशी अञ्चल अस्पतालमा राती १० बजे मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। ठक्कर दिने बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi