वायु सेवा निगममा ५३ जनाका लागि जागिर खुल्यो
नेपाल बायु सेवा निगमले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । निगमले विभिन्न ५३ रिक्त पदपूर्तिका लागि खुला दरखास्त आह्वान गरेको हो । प्रकाशित विज्ञापनमा छैटौ, पाँचौ र चौथो तहका लागि माग गरिएको छ ।
निगमले आइतबार प्रकाशित गरेको विज्ञापन सूचनामा प्रशासन र सामान्य प्रशासन अधिकृतका लागि १५ जनाको पद माग गरिएको छ । १५ जना पद मध्ये ८ जना खुल्लातर्फ छन् । बाँकी महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलिततर्फ १ जना आरक्षण सिट रहेको छ ।
त्यस्तै ६ जना लेखा अधिकृतका लागि माग गरिएको आवेदनमा ३ जनाले खुल्ला र ३ जना आरक्षण रहेको छ । त्यसैगरी निगमले बरिष्ठ सहायक पदमा १२, बरिष्ठ लेखा सहायकमा २, प्रशासन सहायकमा १७ र लेखा सहायकमा एउटा पदमा आवेदान मागेको छ ।
निगमले यो विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुकले आवदेन दिनुपर्ने जनाएको छ ।




