[ ]
Latest News Updates

ADVERTISE WITH US

हेटाैडा नारायणगढ सडक खण्डमा बस दुर्घटना। ६५ यात्रु घाइते
Monday, October 10, 2016 Posted by Chitra Khabar

दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा हेटौडामा करिब ६५ यात्रु घाइते भएका छन् ।
 काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस हिजो बिहान करिब ४ः४५ बजे हेटौँडा नारायणगन्ज सडकखण्डको रमनटारमा एकापसमा ठोक्किदा ६५ यात्रु घाइते भएका हुन् ।

गम्भीर घाइते भएका २५ जनाको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सामान्य घाइते २० जनाको मनहरिस्थित प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको स्थानीय इलाका प्रहरी कार्यालयले जनाएको छ ।
 अन्य सामान्य चोटपटक लागेका यात्रुभने उपचार गरी आ–आफ्नो गन्तव्यतर्फ गएको प्रहरी उपरीक्षक मीरा चौधरीले बताए ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi