सिन्धुलीमा गाडीमा आगजनी गरी नगद र मोवाइल लुटे बन्दकर्ताले
बाबुराम देवकोटा
सिन्धुली, कात्तिक २८ – नेकपा माओवादी विप्लव समूहले आह्वान गरेको बन्दको क्रममा बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको भद्रकाली–३ चियाबारीमा बन्दकर्ताले स्कारपियो जीपमा आगजनी गरेका छन् ।
काठमाडौंबाट सिराहाको गोलबजारका लागि छुटेको च १ च ११४४ नम्बरको जीपमा आइतबार बिहान सातजनाको समूहमा रहेका बन्दकर्ता आगजनी गरी भागेका प्रहरीले जनाएको छ ।
![]() |
| फाइलतस्बिर |
गाडीमा आगजनी गर्ने बन्दकर्ताको खोजी भइरहेको उहाँले बताउनुभयो । बन्दका कारण बिपि राजमार्गसहित जिल्लाका ग्रामीण सडकमा समेत गाडी चलेका छैनन् ।




