[ ]
Latest News Updates

ADVERTISE WITH US

यस्तो भयानक भएको थियो कलाकार क्षेत्रीको मोटरसाईकल दुर्घटना (तस्बिर सहित)
Tuesday, November 8, 2016 Posted by Chitra Khabar

आईतबार रातिको मोटरसाइकल दुर्घटनामा कलाकार क्षेत्रीको मृत्यु
-----------------------------------------------------------------------------------
आईतबार बेलुकी अन्दाजी ९ बजेर ५० मिनेटको समयमा काठमाण्डौ जिल्ला तिलिङ्गेटारस्थित सडकखण्डमा नयाँबसपार्कबाट चक्रपथतर्फ जादै गरेको बा ४५ प ६९१५ नम्बरको आर वान फाइब मोटरसाइकल अनियन्त्रीत भइ सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
 दुर्घटनामा नेपाली चलचित्रका कलाकार तथा मोडल अर्जुन प्रसाद पौडेल (ओम क्षेत्री) को निधन भएको छ । उनको  उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको प्रहरीले भनाई छ ।
 पोलमा ठोक्किएर गम्भीर घाईते भएका क्षेत्री र मोटरसाईकल पछाडी सवार जिल्ला भक्तपुर बालकोट बस्ने २२ वर्षिय कृष्ण बस्नेत गम्भीर घाइते भएका थिए । क्षेत्रीको उपचारको क्रमम निधन भएको थियो भने बस्नेतको हाल ग्रिन सिटी अस्पतालमा थप उपचार भइरहेको छ । । दुर्घटनामा परेको मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको ।
स्वो ओम क्षेत्री द्वारा अभिनित दुई चलाचिरहरु 'तरंग" र "कसिंगर" प्रदर्शनको क्रममा रहेको छ । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका क्षेत्री कलाकारिता संगै राजनीतिमा पनि उत्तिकै क्रियाशील थिए । क्षेत्री युवा संग ,काठमाण्डौको केन्द्रीय अधक्ष्य पनि रहेका क्षेत्रीको निधनले नेपाली चलचित्र नगरीले अर्को कुशल कलाकार गुमाएको छ । स्वो क्षेत्रीको सोमबार साँझ नै हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi