[ ]
Latest News Updates

ADVERTISE WITH US

गत २४ घण्टा भित्र उपत्यका भित्र र बाहिर भएका सडक दुर्घटनाहरु / थुप्रै घाईते
Friday, November 18, 2016 Posted by Chitra Khabar

२०७३/०८/०३,काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
------------------------------------------------------------------------------------
काठमाडौंको तिनकुनेमा आज बिहान १०:३० बजे बा ३ ख २०५६ नम्बरको बसले बा २६ प ४३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला काभ्रे नाला-३ बस्ने बर्ष ४७ को हरि गोपाल श्रेष्ठ गम्भीर घाइते भई उपचारको क्रममा सिभिल अस्पताल मिनभवनमा ११:०० बजे मृत्यु भएको छ ।
मृतक आर्मीको पूर्व-उपसेनानी रहेको खुल्न आएको छ । चालक फरार रहेकोले खोजी कार्य भइरहेको छ । ठक्कर दिने बस महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको नियन्त्रणमा रहेको छ।

२०७३/०८/०३, धनुषामा मोटरसाइकल दुर्घटना, १ को मृत्यु
-------------------------------------------------------------
धनुषाको धनुषाधाम-७ भगवानपुरमा हिजो बेलुकी ७ बजे ज ४ प २४५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार, धनुषाधाम-१ का ४५ वर्षिय राम एकवाल सदाको गम्भीर घाइते भई उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा हिजो बेलुकी नै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । मोटरसाईकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय धनुषाधामले नियन्त्रणमा लिएको छ ।

२०७३/०८/०३, स्याङ्जामा बसको ठक्करबाट १ जनाको मृत्यु
---------------------------------------------------------------
स्याङ्जाको बाङसिङ-२ मा हिजो साझँ साढे ५ बजे ग १ ख ३१६७ नम्बरको बसले ग ५ प ५८० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा पछाडि सवार, स्याङ्जा सेतीदोभान-७ का ४९ बर्षिय क्षेत्र बहादुर के.सी.को मृत्यु भएको छ । ठक्कर दिने बस सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी चिलाउनेबासले जानकारी दिएको छ ।

२०७३/०८/०३, सिनामंगलमा मोटरसाइकल दुर्घटना, २ जना घाइते
---------------------------------------------------------------------
काठमाडौंको सिनामंगलमा हिजो साँझ पौने ७ बजे बा ४३ प ९२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक, काठमाडौं शान्तिनगरका १७ बर्षीय विजन बुढाथोकी र पछाडी सवार भोजपुरका १६ बर्षीय विशाल राई घाइते भएका छन् । घाइते दुवैलाई उपचारको लागी सिभिल अस्पताल बानेश्वर पठाइएकोमा चालकको अवस्था केही गम्भिर रहेकोले उनलाई थप उपचारको लागी काठमाडौं मेडिकल कलेज सिनामंगल रिफर गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालकले मा.प.से. गरी मोटरसाइकल चलाएको खुल्न आएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi