भीमफेदीमा गाडी दुर्घटना, दुईको मृत्यु, तीन घाइते

४ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदीमा एउटा निजी सवारीसाधन दुर्घटनाग्रस्त भएको छ ।
सडकबाट गाडी भीरमा खसेको देखेपछि त्यहीँ रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनका साथमा रहेका सुरक्षाकर्मीहरु तत्कालै उद्धारमा खटिएका छन् । बा ३ च ९२८९ नम्बरको निजी गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनास्थलबाट रगताम्य घाइतेभएका व्यक्तिको उद्धार गरिँदै गरेको दृश्य देखिएको छ ।