[ ]
Latest News Updates

ADVERTISE WITH US

कार दुर्घटनामा परी मृत्यु हुनेहरु काठमाण्डुका बासिन्दा
Saturday, November 19, 2016 Posted by Chitra Khabar

हेटौँडा, ४ मंसिर । मकवानुपरको भीमफेदी–२ जुरीखेतमा शनिबार बिहान भएको कार दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छ ।
कारमा सवार पाँच जनामध्ये काठमाण्डुका ५० वर्षीय सरद वैद्य र ४० वर्षीया अनुजा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इप्रका भीमफेदीले जनाएको छ । मृतकहरु दाजु बहिनी रहेको बताइएको छ ।
दुर्घटनामा परी घाइते भएका पिपलसार–२ नुवाकोटका कार चालक ३७ वर्षीय दीपक भुजेल, काठमाण्डु ज्याठा–३० का ४८ वर्षीय दीपक श्रेष्ठ र उनका १० वर्षीया छोरी आरजलाई उपचारका लागि चुरेहिल अस्पताल हेटौँडा लगिएको प्रहरीले जनाएको छ ।
काठमाण्डुबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ च ९२८९ नं कार दुर्घटनामा परेको हो । रासस

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi