[ ]
Latest News Updates

ADVERTISE WITH US

मोटरसाइकललाई ठक्कर दिँदा पल्टियो ट्रिपर/ मोटरसाईकल चालकको ज्यान गयो
Wednesday, November 2, 2016 Posted by Chitra Khabar

नुवाकोट, कात्तिक १७ – नुवाकोटको देवीघाट-गल्छी सडकखण्डको रातमाटे महादेवफाँटमा बुधबार दिउँसो ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । रातमाटे–१ महादेवफाँटमा देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको ना ७ ख १०३५ नम्बरको ट्रिपरले देविघाटबाट गल्छीतर्फ जाँदै गरेको बा ७९ प ३९६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक फिकुरी–४ का ३६ वर्षका पण्डितप्रसाद भट्टको घटनास्थलमै ज्यान गएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 बालुवा बोकेर गइरहेको ट्रिपर मोटरसाइकललाई ठक्कर दिँदै सडक छेउका नालिमा पल्टिएको थियो । ट्रिपर चालक रातमाटेका २९ वर्षका विक्रम राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय विदुर पुगेर दोषीमाथि कारवाही र उचित क्षतिपूर्तिको माग राखेका छन् ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi