ट्राफिक प्रहरीको रुखो बोली र माइक्रो चालकको तातो रिस
सुनिता पहरी -
'तेरो गाडी यहाँबाट छिटो लगिहाल भनेको मान्दैनस् ?' एक ट्राफिक प्रहरी रत्नपार्कमा यात्रु पर्खिरहेको माइक्रोबसका चालकलाई कराउँदै थिए । चालक गाडीमा एकजना मात्रै छ भन्दै एकैछिन बस्न दिन आग्रह गर्दै थिए ।
एकजना महिला यात्रु मात्रै रहेको माइक्रोमा म दोस्रो यात्रु बनें । ट्राफिक र ड्राइभरको बहस चल्दै थियो । ड्राइभर सर का सर लगाएर माइक्रो केहीबेर रोक्न दिन आग्रह गरिरहेका थिए भने ट्राफिक प्रहरी तँ का तँ लगाएर गाडी अगाडि लग्न भनिरहेका थिए ।
उनीहरुको बहसले कुकुर र बिरालोको रुप लिनै लागिसकेको थियो, ट्राफिक प्रहरीले चिट निकालेपछि ड्राइभरले गाडी अघि बढाए । अघिसम्म सर भनेर सम्मान गरेको व्यक्तिलाई अब सुन्न नसक्ने भद्दा गाली दिँदै ड्राइभरले तीव्र गतिमा गाडी कुदायो ।
माइक्रोबस पुरानो बसपार्क पनि पुगेको थिएन बाटो काट्दै गरेका यात्रुलाई ठक्कर दिइहाल्यो । धन्न साइड मिररले यात्रुको झोलालाई मात्र हिर्काएकाले यात्रु हुत्तिएर अघि पुग्यो तर ठूलो दुर्घटना हुनबाट जोगियो । माइक्रोमा रहेका हामी दुवै जनाले बिस्तारै गाडी चलाउन भन्यौं ।
तर यात्रु नपाएको र ट्राफिक प्रहरीसँगको झगडाले तातिएका ड्राइभर हामीले भनेको मान्नेवाल कहाँ थियो र । उल्टो जथाभाबी बाटो काट्नेलाई गाली गर्न उसलाई कसले रोक्न सकोस् । भद्रकालीमा २–३ जना टिपेर बत्तिएको माइक्रोले माइतीघर मण्डलामा एक साइकल यात्रुलाई पनि झण्डै ठक्कर दिएन ।
ती साइकलवाला माइक्रोको ठक्करबाट जोगिन मोडिएका बेला अर्को गाडी नरोकिएको भए तिनको दिन यतिमै सकिन्थ्यो होला । माइक्रोका अरु यात्रुले पनि गाडी बिस्तारै हाँक्न अनुरोध गरिरहेकै बेला थापाथली इन्जिनियरिङ कलेज अगाडिको स्टपमा अर्को माइक्रोबससँग ठोक्कियो । हामी सबै यात्रुको सातो गइसकेको थियो ।
अब त अति भयो भनेर हामीले नजिकैको ट्राफिकलाई भनिदिन्छौ भन्यौ । त्यसपछि उनले सामान्य गतिमा नै गाडी चलाए । तर ३–३ वटा दुर्घटना हुनबाट जोगिएको घटनालाई लिएर मनमा कम्ता डर थिएन । सुरक्षित रुपमा यात्रा गर्न कहिले पाउने होला भन्ने लागिरह्यो ।
यात्रुलाई सेवा दिने उद्देश्य लिएका सार्वजनिक गाडीले आफ्नो प्रमुख उद्देश्य सेवा नभइ पैसा केन्द्रित गर्दा हामी यात्रु सुरक्षित यात्रा गर्नबाट बञ्चित भइरहेका छौ ।
यस्तै, ट्राफिक प्रहरी र चालकबिचको सम्बन्ध हुनुपर्ने जति राम्रो छैन । सवारी चालक ट्राफिक नियम पालना गर्नुभन्दा उल्लंघन गर्दा गर्व गर्छन् । यस्तै ट्राफिक प्रहरीले पनि सवारी चालकसामु प्रस्तुत हुने व्यवहार रुखो हुने गरेको छ ।
सवारी चालकलाई तँ तँ लगाएर कुरा गर्ने र चिट काटिदिने धम्की दिएर ट्राफिक नियम पालना गराउन सकिएला त ? जिब्रोको गरिमा मीठो बोलीमा भन्ने उसको नारालाई व्यवहारमै चाहिँ कहिले उतार्ने ?
ट्राफिक प्रहरीको रुखो बोलीले ड्राइभरको रिसको पारो तात्ने अनि हामी यात्रु चाहिँ सधैँ जोखिमपूर्ण यात्रा गरिरहन बाध्य हुने अवस्थाको अन्त्य हुनु जरुरी छ । युएनएन बाट