[ ]
Latest News Updates

ADVERTISE WITH US

२०७३/०८/२१ गते मंगलबार नेपालमा भएका बिभिन्न डरलाग्दा सडक दुर्घटनाहरु
Tuesday, December 6, 2016 Posted by Chitra Khabar

२०७३/०८/२१,विरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट १ बालकको मृत्यु
-------------------------------------------------------------------------------
सुर्खेतको विरेन्द्रनगर-१ मा आज विहान पौने ९ बजे भे ६ प २२४५ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय कर्ण बहादुर सुनारका ३ वर्षीय छोरा अनुपम सुनारको मृत्यु भएको छ ।गम्भीर घाइते भएका बालक अनुपमको उपचारको क्रममा साढे ९ बजे क्षेत्रीय अस्पताल सुर्खेतमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरी चौकी बाङ्गे सिमलले नियन्त्रणमा लिएको छ । 


२०७३/०८/२१,चितवनको टाँडीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
------------------------------------------------------------------------
चितवनको रत्ननगर-७ टाँडीमा आज विहान पौने ६ बजे ना ५ ख ७७६५ नम्बरको ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा मटिहानी-५ का ३५ वर्षीय रामेश्वर मुखिया विनको रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिएर सवारी साधन सहित फरार रहेका चालकलाई प्रहरी चौकी लोथरले नियन्त्रणमा लिएको छ । 


०७३/०८/२१,भरतपुरमा माइक्रो र ट्रक आपसमा ठोकिदा माइक्रो चालकको मृ्त्यु
------------------------------------------------------------------------------------
चितवनको भरतपुर-३ रेडक्रसमा गएराती माइक्रो र ट्रक आपसमा ठोकिदा माइक्रो चालकको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको बा ३ ख ८६३१ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७०१२ नम्बरको ट्रक गएराती पौने १ बजे आपसमा ठोकिएका थिए । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ । 


२०७३/०८/२१,भरतपुरमा माइक्रो र ट्रक आपसमा ठोकिदा माइक्रो चालकको मृ्त्यु
------------------------------------------------------------------------------------
चितवनको भरतपुर-३ रेडक्रसमा गएराती माइक्रो र ट्रक आपसमा ठोकिदा माइक्रो चालकको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको बा ३ ख ८६३१ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७०१२ नम्बरको ट्रक गएराती पौने १ बजे आपसमा ठोकिएका थिए । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ । 




२०७३/०८/२१, उदयपुरमा टयाक्टर दुर्घटना हुँदा चालकको मृ्त्यु
-------------------------------------------------------------------
उदयपुरको रौता-२ रसुवा फेदीमा हिजो बेलुकी साढे ७ बजे ट्याक्टर दुर्घटना हुँदा चालक उदयपुरका २० वर्षिय राकेस बोटेको घटनास्थलमै मृत्यु भएको छ । भुटारबाट गाईघाट तर्फ आउँदै गरेको स १ त ३१३५ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल खस्दा दुर्घटना भएको हो । 


२०७३/०८/२१, सिनामंगलमा बसको ठक्करबाट एक महिलाको मृत्यु
----------------------------------------------------------------------
काठमाडौंको सिनामंगलमा हिजो बिहान ७ बजे बा २ ख ७०८५ नम्बरको बसको ठक्करबाट घाईते पैदलयात्री महिलाको उपचारको क्रममा न्युरो अस्पताल बासबारीमा मृत्यु भएको छ । सर्लाही मलंगवा घर भएकी ४९ बर्षीया गोसन मिक्रानी बेगमको मृत्यु भएको हो । बस र चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi