[ ]
Latest News Updates

ADVERTISE WITH US

२०७३/०८/२० गते सोमबार भएका बिभिन्न सडक दुर्घटना
Monday, December 5, 2016 Posted by Chitra Khabar

२०७३/०८/२०, चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु 
--------------------------------------------------------
चितवनको रत्ननगर ११ जयमंगलमा आज ९ बजे, ना २ ख ४९७१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानिय ५० बर्षीय राज कुमार परियारको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ ।

०७३/०८/२०, काठमाडौंको T.U गेट अगाडी मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जना गम्भिर घाइते 
---------------------------------------------------------------
आज १२:३० बजे, काठमाडौंको किर्तीपुरको T.U गेट अगाडी बा ७८ प ८५३९ नम्बरको मोटरसाइकल र बा १० प ४०२० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते बा १० प ४०२० नम्बरको मोटरसाइकल चालक काठमाडौं जिल्ला गंगबु बस्ने अन्दाजी ४५ वर्षीय दिवाकर उपाध्यायको बयोदा अस्पतालमा बल्खुमा उपचार भइरहेको छ ।


२०७३/०८/२०, डोटीमा जिपको ठक्करबाट १ बालिकाको मृत्यु
---------------------------------------------------------------
डोटीको लाटामाण्डु-९ मा हिजो डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको से १ ज ६१६ नम्बरको जिपको ठक्करबाट लाटामाण्डु-८ की ९ बर्षीया बालिका सिता बलायरको मृत्यु भएको छ । घाईते बालिकालाई स्थानीय पोली क्लिनिक हुँदै थप उपचारको लागी पद्मा अस्पताल अत्तरिया तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने जिप र चालकलाई प्रहरी चौकी तिलतारीको टोलीले नियन्त्रणमा लिएको छ ।


Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi