[ ]
Latest News Updates

ADVERTISE WITH US

बाइक पारखीलाई नयाँ बाईक / रनर ब्रान्डको बाईक नेपाली बजारमा प्रवेश/ डिलरको खोजी
Monday, December 5, 2016 Posted by Chitra Khabar

काठमाडौं – नेपाली बाइक बजारमा बंगलादेशी ब्रान्ड ‘रनर’ प्रवेश गरेको छ । रनर ब्रान्डलाई नेपालमा म्याट्रिक्स मोटोकर्प प्रालिले भित्र्याएको हो ।
नेपालमा सेल्स, सर्भिस, स्पेयर पार्ट्स र सेफ्टी राइडिङ गरी फोर एस सुविधा उपलब्ध गराउने कम्पनीको योजना भएको बताइएको छ । कम्पनीले देशभर डिलर नेटवर्क विस्तार गर्ने र यसैका लागि देशका प्रमुख सहरहरुमा डिलरको खोजी गरेको बताएको छ ।
बंगलादेशको रनर अटोमोबाइल्स लिमिटेडले रनर ब्रान्डका मोटरसाइकल उत्पादन गर्दै आएको छ । विशेष गरी १००, ११० र १२५ सिसीका मोटरसाइकल लोकप्रिय छन् । नेपालमा पनि यस्तै कम्युटर सेगमेन्टका मोटरसाइकल उपलब्ध गराउने कम्पनीको योजना रहेको बताइएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi