[ ]
Latest News Updates

ADVERTISE WITH US

बालाजुमा ट्रकको ठक्करबाट २ जनाको मृत्य
Friday, February 17, 2017 Posted by Chitra Khabar

२०७३/११/०६, बालाजुमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु
---------------------------------------------
----------------
काठमाडौंको बालाजु स्थित माछापोखरी सडकखण्डमा आज दिउँसो १२ बजे ना ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२० नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक, मकवानपुर मनहरी बस्ने ३८ वर्षीय रिमा कुमारी राई र पछाडी सवार धादिङग् खाल्टे बस्ने ३५ वर्षीय सोनिया थापाको गम्भीर घाइते भई उपचारको क्रममा शिक्षण अस्पताल महारजगंजमा मृत्यु भएको छ । दुर्घटनामा संलग्न सवारी साधनलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकोले खोजी भैरहेको छ ।

२०७३/११/०६,कपिलवस्तुमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु
---------------------------------------------
--------------------
गएराती साढे ९ बजे कपिलबस्तुको शिबराज नगरपालीका ३ खैरेन्द्रपुरमा लु २१ प ९३५८ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अर्घाखाँची खिदिम पोखरा ९ बस्ने १९ बर्षिय महेश सुनार रहेका छन् । सुनारको उपचारको क्रममा सञ्निबनी अस्पताल चन्द्रौटामा राती नै मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २३ बर्षिय प्रकाश सुनारको भने लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi