[ ]
Latest News Updates

ADVERTISE WITH US

२०७३/११/०५ गते बिहिबार नेपालमा घटेका डरलाग्दा सडक दुर्घटना / थुप्रैले गुमाए ज्यान
Thursday, February 16, 2017 Posted by Chitra Khabar

२०७३/११/०५, जुम्लाको बड्कीमा ट्रक दुर्घटना हुंदा ३ जनाको घटनास्थलमै मृत्यु 
--------------------------------------------------------------------
आज बिहान साढे ८ बजे, जुम्ला–मुगु सडकखण्डको बड्की २ देवार गाँउमा ना ५ ख ९३७२ नम्बरको ट्रक दुर्घटना हुंदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक बर्दिया मैनापोखर ८ का तिर्थ राम थारु, मुगु कलाई ४ का रंग बहादुर शाही र सोही ठाँउकी गंगा शाही रहेका छन् । दुर्घटनामा घाईते भएका एक जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भिर रहेकोले उनको नाम थर वतन खुल्न बाँकी रहेको जुम्ला प्रहरीले जानकारी दिएको छ  


२०७३/११/०५, धनुषामा सवारी दुर्घटना, १ को मृत्यु, ७ जना घाइते
--------------------------------------------------------------------
धनुषाको पुष्पलपुर चोकमा आज बिहान ना ५ ख ६०९७ नम्बरको यात्रुबाहक बस र भारतिय नम्बर प्लेटको टाटा सुमो आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुमोमा सवार धनुषाको महेन्द्रनगर ९ का २५ वर्षिय सुर्य नारायण साह रहेका छन् । उपचारको लागि अस्पताल ल्यादै गर्दा उनको बाटोमै मृत्यु भएको हो । दुर्घटनामा टाटा सुमोका चालक श्रवण साह, बसका परिचालक गोर्खाका २० वर्षिय बाबुराम थापा , सुमोमा सवार धनुषा महेन्द्रनगरका लालबाबु साह , सोही स्थानका बिनोद चौधरी , सन्तोष महासेठ , रञ्जित साह र हरिचरण साह घाईते भएका छन् । सुमो चालकको मोडल अस्पताल लालगढ धनुषामा उपचार भैरहेको छ भने अन्यको जनकपुर अंचल अस्पतालमा उपचार भैरहेको छ ।


२०७३/११/०५, थानकोटमा कन्टेनरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-----------------------------------------------------------------------
काठमाडौंको थानकोट सडकमा गएराती ९ बजे ना ३ ख ७८०८ नम्बरको कन्टेनरको ठक्करबाट पैदलयात्री, चन्द्रगिरी १० बस्ने २९ बर्षीय दिपक थापा मगरको गम्भीर घाइते भई उपचारको क्रममा विर अस्पतालमा मृत्यु भएको छ । दुर्घटनामा संलग्न कन्टेनरलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी भैरहेको छ ।





Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi