कोटेश्वरमा ट्रिपर ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाईते
२०७३/११/१३, कोटेश्वरमा ट्रिपर ठक्करबाट मोटरसाइकल चालक घाइते
------------------------------
--------------------------------------------
काठमाडौंको कोटेश्वर ३५ सडकमा आज बिहान साढे ४ बजे ना ३ ख ९१२० नम्बरको ट्रिपरले बा ३९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक, उदयपुर हडिया ८ का ३५ बर्षीय सन्तोष सिंह कार्की गम्भीर घाइते भएका छन् । उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ । दुवै सवारी साधन सहित टिपर चालकलाई कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ ।



