[ ]
Latest News Updates

ADVERTISE WITH US

गाडीको एक खलासी : बालकोटमा रुखमा झुन्डिएको अवस्थामा भेटिए
Friday, February 24, 2017 Posted by Chitra Khabar

भक्तपुर । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका– ३ बालकोटमा आज एक युवकको झुन्डिएको अवस्थामा शव भेटिएको छ ।
ओखलढुङ्गा घर भई हाल बागमती बस व्यवसायीद्वारा सञ्चालित बालकोट कलङ्की रुटमा चल्ने बा२ख ७०१० नंको माइक्रोबसका सहचालक ९खलासी० का रुपमा कार्यरत अन्दाजी २१ वर्षीय आशिष खड्काको शव भेटिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायब निरीक्षक प्रकाश घिमिरेले जानकारी दिए ।
भक्तपुरको बालकोट र ललितपुरको टीकाथलीको सिमानामा रहेको गोदावरी खोला पुलको किनारामा रहेको वरपिपलको रुखमा झुन्डिएको अवस्थामा बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ । हत्या हो या आत्महत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi