[ ]
Latest News Updates

ADVERTISE WITH US

राजधानिमा स्मार्ट लाइसेन्सको अभाव / ट्रायल पास पछी पनि लाइसेन्स बुझ्न १ महिना बढी कुर्नुपर्ने स्थिति !
Saturday, February 11, 2017 Posted by Chitra Khabar

फागुन, काठमाडौं । यातायात व्यवस्था विभागले समयमै टेण्डर प्रक्रिया अघि नबढाउँदा स्मार्ट लाइसेन्स कार्डको अभाव सुरु भएको छ । विभागसँग अब प्रिन्ट गर्न बाँकी २ हजार वटा मात्रै स्मार्ट लाइसेन्स छ ।
विभागले बीचमा लाइसेन्स वितरण नरोके बाँकी २ हजारले मुस्किल १५ देखि २० दिनलाई धान्नेछ । यो पनि बाँडिसकेपछि विभागले काठमाडौंमा कि त लाइसेन्सको वितरण नै रोक्नेछ, नभए पुरानै लाइसेन्समा विभाग फर्किनेछ ।
त्यसैकारण विभागका अधिकारीहरु नै स्मार्ट लाइसेन्स विभागको ‘असफल प्रोजेक्ट’ भन्न थालेका छन् ।
एसियाली विकास बैंक -एडीबी)को सहयोगमा १ लाख ६० हजार स्मार्ट लाइसेन्स छापेर यातायात ब्यवस्था विभागले ०७२ मंसिरबाट वितरण थालेको थियो ।
सुरुवातमा ३ महिनाभित्रै काठमाडौं बाहिरबाटै स्मार्ट लाइसेन्सको वितरण थाल्ने विभागको दाबी थियो । तर, १४ महिना बित्दा पनि उपत्यकाबाहिर स्मार्ट लाइसेन्स बाँड्नु त परै जाओस्, काठमाडौंमै अभाव सुरु भएको छ ।
अभावले वितरण सुस्त
पि्रन्ट नभएका स्मार्ट लाइसेन्स सकिन थालेपछि यातायात व्यवस्था विभागले समय-समयमा विभिन्न बहाना बनाउँदै काठमाडौंमा लाइसेन्सको वितरण रोकिरहेको छ ।
कहिले सर्भर डाउन भयो भनिएको छ त कहिले मर्मतको काम चलिरहेको भन्ने गरिएको छ । अहिले काठमाडौंमा दैनिक जेनतेन १ सय वटा स्मार्ट लाइसेन्स छापिन्छ, जहाँ दैनिक ३ हजार बढी लाइसेन्सको माग छ ।
ट्रायल पास गरेकालाई पनि स्मार्ट लाइसेन्स बुझ्न १ महिनाभन्दा बढी कुर्नुपर्ने स्थिति छ । स्मार्ट लाइसेन्स नै सकिन लागेपछि विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले लाइसेन्सको वितरण ‘सुस्त’ गर्न निर्देशन दिएको स्रोतको दाबी छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi