[ ]
Latest News Updates

ADVERTISE WITH US

काठमाडौंमा मोनोरेल गुडाउने तयारी / यस्तो आउदैछ राजधानिमा रेल
Wednesday, February 8, 2017 Posted by Chitra Khabar

काठमाडौं – काठमाडौं महानगरपालिकाले उपत्यकामा मोनोरेल गुडाउनको लागि तयारी थालेको छ । महानगरपालिकाले दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनीसँग मोनोरेल अध्ययनको लागि सम्झौता गरेको हो ।

 महानगरपालिका र सिमेक्स कम्पनीबीच मोनोरेलको सम्भायता अध्ययनको लागि सम्झौता भएको छ । सम्झौतामा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी सिमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गरे । महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँमा मेट्रो रेलको भन्दा मोनोरेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत सम्भाव्यता अध्ययन गर्न लागिएको बताए ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi