[ ]
Latest News Updates

ADVERTISE WITH US

पृथ्वीको ४५ औ वर्षिकोत्सव : उत्कृष्ट ब्यवसायी,मजदुर र कर्मचारी सम्मानित
Wednesday, February 8, 2017 Posted by Chitra Khabar

पोखरा – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष डोलराज खनालले यातायात क्षेत्रलाइ अस्तब्यस्त मात्र नभइ नष्ट बनाउने खेल भइरहेको वताएका छन । संविधान संशोधन गर्दा यातायात सम्बन्धी ऐनहरु यातायात व्यवसायीको पक्षमा वनाउन नसके व्यवसायीहरुले ठूलो मुल्य चुकाउनुपर्ने वताउदै खनालले सवै यातायात व्यवसायीहरु आफ्नो ब्यवसाय बचाउनका लागी एकजुट हुन समेत आग्रह गरेका छन ।

सोमबार पृथ्वी राजमार्ग बस सञ्चालक समितिको ४५ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खनालले यातायात व्यवसायीको लागि संविधान संशोधन अन्तिम मौका भएको वताउदै अहिलेको अवस्थामा यातायात ब्यवस्था ऐन यातायात व्यवसायीको पक्षमा बनाउन नसकेको खण्डमा यातायात व्यवसायीले ठूलो क्षती ब्यहोर्नुपर्ने वताए ।
सो अवसरमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका संरक्षक तथा बरिष्ठ व्यवसायी केशव प्रसाद अधिकारीले राज्यले प्रदान गर्न नसकेको सेवा यातायात व्यवसायीले प्रदान गरिरहदा राज्यले सहयोग गर्नुको सट्टा व्यवसायीहरुलाई दुख दिने काम गरिरहेको वताउदै यसको विरुद्धमा व्यवसायीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले सार्वजनिक यातायात बाट जनतालाई सेवा सुविधा प्रदान गरिरहेको वताउदै आगामी दिनमा पनि यस्ता सेवा सुविधालाई निरन्तरता दिन आग्रह गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष बिजय स्वार, उपाध्यक्ष भरत तिमिल्सिना र महासचिव पुण्य प्रसाद सिटौलाले पृथ्वी राजमार्ग नेपालको मात्र नभइ एशियामै नमुना यातायात व्यवसायी संस्था भएको वताउदै निजी संस्थाको यातायात बिरुद्ध भएका आक्रमणलाई परास्त गर्दै व्यवसायीको हक हितका लागि व्यवसायीहरु लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा वोल्दै पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एन कुमार शाहीले पोखरामा रहेको बसपार्क हटेको खण्डमा पृथ्वी राजमार्गको बसहरुको अवस्था नाजुुक हुने वताउदै समितिले आफ्नै पहलमा निजी बसपार्क निर्माणको अवधारणामा जानुपर्ने वताए । यदि निजी बसपार्क निर्माण गरिएन भने पृथ्वी राजमार्गका व्यवसायीहरुले ठूलो मुल्य चुकाउनुपर्ने भन्दै आफुलाई साथ दिए आफ्नो कार्यकालमा निजी बसपार्क निर्माण संगै निजी पेट्रोल पम्प सञ्चालनमा ल्याउने वताए ।

सो अवसरमा समाजसेवी अशोक पालिखे, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका भुतपूर्व सल्लाहकार ज्ञानेन्द्र शर्मा, गण्डकी धौलागिरी सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष बसन्त प्रधान, अखिल नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष गोपाल सिंखडा, स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष बिष्णु खत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

उत्कृष्ट ब्यवसायी,मजदुर र कर्मचारी सम्मानित

वार्षिकोत्सवको अवसरमा समितिका संरक्षक, समितिमा आबद्ध व्यवसायी, कुशल चालक, चालक र व्यवसायीका छोराछोरी, बस दुर्घटनामा अंगभंग तथा घाइते भएका ब्याक्तिहरु, सम्मान गरिएको थियो । सो अवसरमा समितिका संरक्षक वरिष्ठ व्यवसायी केशब प्रसाद अधिकारी लाई अभिनन्दन गरिएको थियोभने सफल व्यवसायी ना ४ ख ५८१८ का प्रोपाइटर झलक बहादुर कुवर र ग १ ख ३९१६ का प्रोपाइटर छबिराम पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै स्वर्गीय हर्क बहादुर स्मृति पुरस्कारबाट ना ६ ख ९६०७ का प्रोपाइटर गोपिलाल लामिछाने सम्मानित भए ।

त्यसैगरी समितिमा कार्यरत कर्मचारीहरु मध्ये शिष्ट अनुशासित एवं कार्य सम्पादनको आधारमा शाखा कार्यालय गोरखामा कार्यरत बुकिङ सहायक पदम बहादुर थापा, शाखा कार्यालय काठमाडौमा कार्यरत बुकिङ सहायक विनोद पौडेल, प्रधान कार्यालयमा कार्यरत करार साजन शाही र टिकट बुकिङ काउण्टर अमरसिहमा कार्यरत करार बिरेन्द्र थापालाई सम्मान गरिएको थियो ।

गिता राना मगर

Source : Peacepokhara.com 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi