तनहुँमा बस दुर्घटना हुँदा १४ जना घाइते / चौपायासँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
२०७३/१०/२६, तनहुँमा बस दुर्घटना हुँदा १४ जना घाइते
-------------------------------------------------------
तनहुँको छाङ-८ गर्बलामा हिजो साँझ सवा ६ बजे ग १ ख ६१३० नम्बरको बस सडकमा रहेका खाल्डो कटाउने क्रममा अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खस्दा चालक सहित १४ जना घाइते भएका छन् । घाइते भएका मध्ये ७ जनाको मणिपाल,५ जनाको गण्डकी मेडिकल कलेज र २ जनाको वी.पी. कोइराला मेमोरियल स्वास-प्रश्वास केन्द्र बेलचौतरा तनहुँमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको स्थानिय प्रहरीले जनाएको छ ।
चौपायासँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
------------------------------------------------------------------------------------
कन्चनपुरको बेतकोट-६ सुडामा गएराती ९ बजे तीव्रगतिमा गुडिरहेको म १ प ८७३३ नम्बरको मोटरसाइकल चौपायासँग ठोकिएर पल्टिंदा मोटरसाइकल चालक बेतकोट-६ दैजीका २५ वर्षीय कृष्ण चौधरीको उपचारको क्रममा महाकाली अंचल अस्पतालमा मृत्यु भएको छ । सामान्य घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाँउका २२ वर्षीय निरज चौधरीको भने सोही अस्पतालमै उपचार भैरहेको छ । दुर्घटनामा गाईको पनि एउटा खुट्टा भाँचिएको छ ।