मोटरसाइकल र बस आपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु /२ घाइते
२०७३/१०/२६,मोटरसाइकल र बस आपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
------------------------------------------------------------------------------------
धादिङ्गको जोगिमारा-१ सिग्राङ्गखोलामा गएराती पौने १२ बजे बा ५७ प २६३२ नम्बरको मोटरसाइकल र ना ३ ख ५६२२ नम्बरको बस एक आपसमा ठोक्किंदा मोटरसाइकल चालक धादिङ्ग जोगिमारा-९ चौकीटारका २४ वर्षीय पुरुषोत्तम डल्लाकोटीको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । गम्भीर घाइते भएका डल्लाकोटीको उपचारको क्रममा मलेखु अस्पतालमा राती नै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका १८ वर्षीय हरि राई र बसमा सवार रौतहटका १९ वर्षीय दिपेश कुमार यादवको सोही अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।

![]() |
| फाईल तस्बिर |