[ ]
Latest News Updates

ADVERTISE WITH US

सिन्धुलीको सितलपाटीमा सडक भासिएपछि बीपी राजमार्ग अवरुद्ध
Monday, February 20, 2017 Posted by Chitra Khabar

सिन्धुली । सिन्धुलीको शीतलपाटी–९ मा सडक भाँसिएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति ११ बजे सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको हो ।
मध्यपहाडी तथा पूर्वी तराई जोड्ने बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट नेपालथोक खण्डको शीतलपाटी त्रिवेणी घाटको सडक भासिएर सुनकोसी नदीमा खसेको छ । अचानक सडक खसेपछि सवारी साधन वारपार गर्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालयका सिन्धुलीले प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिनुभयो । करिब ३० मीटर सडक सुनकोसीमा भासिएर झरेको छ । वैकल्पिक सडक नभएकाले बीपी राजमार्ग र मध्ये पहाडी राजमार्ग हुँदै राजधानी आवत जावत गर्ने सबै सवारी साधन थन्किएका छन् ।
प्रहरीका अनुसार सडकसँग समन्वय गरि वैकल्पिक सडकको पहल भैरहेको छ । बीपी राजमार्ग अबरुद्ध भएपछि केही सवारी साधन भने मन्थली दोलखा हुँदै गएका छन् । भूकम्पले बीपी राजमार्ग अन्य स्थानमा समेत धसिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi