कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जना घाइते
२०७३/१२/०५,
------------------------------
---------------------------------------
कपिलवस्तुको शिवराज नगरपालिका १ स्थित बनकवासमा गएराती साढे ९ बजे लु २० प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटनामा हुंदा चालक, स्थानीय अनिल राना र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँकी लक्ष्मी घर्ती गम्भीर घाइते भएका छन् । घाइते दुबै जनालाई उपचारको लागि बुटवल पठाईएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।



