अज्ञात समुहद्वारा राजधानीको शान्तिनगरमा जलाईयो मोटरसाइकल
काठमाडौं, फागुन । राजधानीमा अज्ञात समुहद्वारा मोटरसाइकल जलाइएको हो । राजधानीको शान्तिनगरमा राती १२ बजे अज्ञात समूहद्वारा सर्लाहीको कृष्ण मुरारी मिश्रको बा २९ प ५६९४ नम्बरको मोटरसाइकलमा आगजानी गर्दा पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
मिश्र हिमालिनी हिन्दी पत्रिकाको बजार व्यवस्थापन प्रतिनिधी भई वर्षौ देखी कार्यरत रहेका छन् ।
घटना बारे महानगरिय प्रहरी कार्यालय तिनकुनेमा जानकारी गराएपछि ३ जनाको एक समुहलाई प्रक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ ।



