नियम मिचेर यात्रु ठग्न खोज्ने ट्याक्सी कारवाहीमा
२०७३/११/२०, ट्याक्सी कारवाही
---------------------------------
उपत्यकाका बिभिन्न स्थानमा गरीएको चेकजाँचको क्रममा हिजो २३ जना ट्याक्सी चालकहरु कारवाहीमा परेका छन् । यात्रुसंग बढी भाडा लिनको लागि मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकलाई कारबाही गरीएको हो । ट्राफिक प्रहरीले नियमीत अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकहरुलाई कारवाही गर्दै आएको छ । तपाईं पनि कुनै सार्वजानिक सवारी साधनमा यात्रा गर्दा आफुलाइ ठगेको लगायत अन्य कुनै किसिमको नियम विरुद्ध सार्वजानीक सवारी साधन चालकले ठगेको पाईए ट्राफिक कन्ट्रोल १०३ मा फोन गरेर उजुरी गर्न सक्नु हुनेछ ।



