२०७३/११/२२, काठमाडौको रविभवनमा मोटरसाईकल दुर्घटना एक जना गम्भिर घाईते
---------------------------------------------
---------------------------------
काठमाडौको रविभवन अगाडी गुडिरहेको मोटरसाईकल गएराती दुर्घटना हुदा चालक गम्भीर घाईते भएका छन् । घाईते हुनेमा क्षेत्रपाटी बस्दै आएका महोत्तरी सुहा घर भएका २४ वर्षिय रन्जित रन्जन मिश्र रहेका छन् । उनको शहिद मेमोरियल अस्पताल कलकीमा उपचार भईरहेको महानगरीय प्रहरी वृत कालीमाटीले जनाएको छ । मिश्रले चलाएको बा ५३ प ७८७६ नम्बरको मोटरसाईकल तिव्र गतिका कारण गएराती पौने १२ बजे रविभवन अगाडी अनियन्त्रित भई पल्टिएको थियो ।
२०७३/११/२२, सप्तरीको सितापुरमा मोटरसाईकल दुर्घटना एक जना गम्भिर घाईते
---------------------------------------------
---------------------------------
सप्तरीको सितापुरमा हिजो मोटरसाईकल दुर्घटना हुदा एक जना प्रहरी कर्मचारी गम्भिर घाईते भएका छन् । हिजो बेलुकी साढे ७ बजे ना ४१ प ४०८६ नम्बरको मोटरसाईकल सडक छेउको रुखमा ठोक्किदा दुर्घटना भएको हो । मोटरसाईकलमा पछाडी सवार बिदामा बसेका प्रहरी जवान २४ वर्षिय राजकुमार चौधरी गम्भिर घाईते भएका हुन् । उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भैरहेकोछ । सोही दुर्घटनामा मोटरसाईकल चालक २२ वर्षिय लक्ष्मी चौधरी भने सामान्य घाईते भएका छन् । उनको स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।दुर्घटनामा संलग्न मोटरसाईकललाई ईलाका प्रहरी कार्यलय महुलीले नियन्त्रणमा लिएको छ।
२०७३/११/२२, अर्घाखाँचीको नयाँवस्तिमा ट्याक्टर दुर्घटना हुदा सहचालकको मृत्यु
---------------------------------------------
---------------------------------
अर्घाखाँचीको सिधारा १ नयाँवस्तिमा गएराति ट्याक्टर दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २४ वर्षिय बम बहादुर पुलामी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । गएराति साढे ११ बजे रा १ त २३६२ नम्बरको ट्याक्टर स्टेरिङ्ग फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यलय ठाडाले नियन्त्रणमा लिएको छ ।
२०७३/११/२०, रोल्पामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
---------------------------------------------
--------------
रोल्पाको कोर्चावाङ्ग ५ सिमखेतमा हिजो साँझ साढे ६ बजे ना ३ त ६९८८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा चालक, रोल्पा कै कोटगाँउ ७ का २२ वर्षीय आइते सिंहको गम्भीर घाइते भई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
२०७३/११/२०, बाराको अमलेखगंजमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
---------------------------------------------
---------------------------------
बाराको अमलेखगंज ८ आधाबारमा हिजो बेलुकी साढे ८ बजे ना ५ ख ५७६४ नम्बरको रात्रीबसको ठक्करबाट पैदलयात्री, अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको बारा प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ ।



