सुर्यविनायकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०७३/१२/१४,
-----------------------------------------
---------------------------------------
आज अन्दाजि ०५:४५ बजेको समयमा जिल्ला भक्तपुर सुर्यविनायक महेशवरी पेट्रोल पम्प अगाडीको सडकखण्डमा सुर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा ३५ प ५२५५ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको बा २ ख ३६०६ नम्बरको बसले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला पर्सा घर भइ हाल गोल्डेनगेट ईन्टरनेशनल कलेजमा अध्यनरत १९ वर्षिय राहुल साह तेली रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका साहको उपचारको क्रममा मध्यपुर अस्पताल ठिमीमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालक सहित सवारी साधन प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेको छ ।



