[ ]
Latest News Updates

ADVERTISE WITH US

जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २६ पुग्यो/ ३६ घाइते (सनाखत सहित)
Thursday, March 9, 2017 Posted by Chitra Khabar

२०७३/११/२७,
---------------------------------------------
------------------------
हिजो बेलुकी पौंने ५ बजे जाजरकोटको भेरिमालीका-४ मा बस सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा २६ जनको मृत्यु भएको छ । मृतक मध्ये २१ जनाको सनाखत भएको छ भने ५ जनाको सनाखत हुन बाँकी रहेको छ । जाजरकोट–सुर्खेत सडकखण्ड अन्तरगत जाजरकोटकोे पासाघाट खोलामा खलंगाबाट साल्मा-५ खारातर्फ जाँदै गरेको ना ३ ख २२८९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो । दुर्घटनामा ३६ जना यात्रु घाईते भएका छन् । घाईते भएका २२ जनाको नेपालगंजमा,८ जनाको रुकुमको चौरजाहीमा र ६ जनाको जाजरकोटमै उपचार भैरहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi