[ ]
Latest News Updates

ADVERTISE WITH US

छुट्टाछुटै दुर्घटनामा दुईको मृत्
Thursday, March 2, 2017 Posted by Chitra Khabar

  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित सडकमा बसको ठक्करबाट गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहाको देवीपुर–९ निवासी ३७ वर्षीय सुरेन्द्र महतो रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना४ख १४६० नंको बसले विपरीत दिशाबाट आउँदै गरेको स५प ७२३४ नंको मोटरसाइकललाई गएराति ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए ।
घाइते महतोको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
यसैगरी सिराहाको मिर्चैया नगरपालिका–८ मझुवा टोलमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
स्थानीयवासी फुलगेन रायको एकतले पक्की घरमा अचानक आगलागी हुँदा कोठामा सुतिरहेका ३९ वर्षीय प्रदीप रायको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । आगलागीबाट कोठामा रहेको सम्पूर्ण सामानसमेत जलेर नष्ट भएको र क्षतिको पूर्ण विवरण सङ्कलन कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi