कपिलबस्तुमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
२०७३/११/१७,
-------------------------------------------------------------------------------
कपिलबस्तुको डुमरामा हिजो बेलुकी सवाँ ७ बजे लु ८ प ६१८६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री नाम,थर,वतन नखुलेका अन्दाजी ५५ वर्षिय पुरुष ब्यक्तिको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन् । उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । सोही दुर्घटनामा मोटरसाइकल चालक पकडी-३ का १६ वर्षिय मनोज कुमार हरिजन र पछाडी सवार १९ वर्षिय राहुल ठाकुर रहेका छन् । घाइते दुबैको सेफा अस्पताल पकडीमा उपचार भैरहेको छ ।दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई ईलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको छ ।