[ ]
Latest News Updates

ADVERTISE WITH US

‘बाटो कालोपत्रे नगर्दा जनताले ठूलो दुःख पाए ’
Monday, March 6, 2017 Posted by Chitra Khabar

काठमाडौँ । विकास निर्माणका क्रममा क्षति भएको भौतिक संरचनाको पुनःनिर्माणको जिम्मा सम्बन्धित मन्त्रालयले लिनुपर्ने भएको छ ।
केन्द्रीय खानेपानी पूर्वाधार समन्वय समितिको खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काको अध्यक्षतामा आज सिंहदरबारमा बसेको पहिलो बैठकले विकास निर्माणका क्रममा जुन मन्त्रालयलले क्षति पु¥याएको हो, त्यसको पुनःनिर्माणको जिम्मा त्यही मन्त्रालयले लिनुपर्ने निर्णय गरेको हो ।
पछिल्लो समय विकास निर्माणका क्रममा अन्तर मन्त्रालयसँग समन्वय नहुँदा विकास निर्माणका काम भद्रगोल हुँदै गएको भन्दै सम्बन्धित मन्त्रालयसँग बसेर छलफल गरी उक्त निष्कर्ष निकालिएको हो ।
बैठकमा खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मेलम्चीको खानेपानीको पाइप बिच्छाएर बाटो कालोपत्रे नगर्दा जनताले ठूलो दुःख पाएकाले सम्बन्धित पक्ष बसेर समाधान गर्न आग्रह गरे ।
राज्यमन्त्री खड्काले जिल्ला जिल्लामा मोटरबाटो खन्दा कतिपय पाइप काटिने, पानीका मुहान पुरिने र खानेपानी आयोजना प्रभावित हुने गरेकाले यसलाई विशेष ध्यान दिन आग्रह गरे । साभार news24

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi