[ ]
Latest News Updates

ADVERTISE WITH US

बारामा पिकअप भ्यान दुर्घटना १ नाबालिकाको मृत्यु
Wednesday, March 8, 2017 Posted by Chitra Khabar

२०७३/११/२५,
---------------------------------------------
-------------------------
बाराको पिपरपाती-५ मा रहेको एक स्थानीयको घरमा हिजो पिकअप भ्यान ठोक्किदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय शिव पण्डितकी १५ महिने छोरी मोनिका कुमारी रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । हिजो अपरान्ह साँढे ४ बजेको समयमा बाराको पिपरपातीबाट रौतहटको सोनारनिया तर्फ जन्ती गएको ना १ ज ४३०३ नम्बरको भ्यान अनियन्त्रित भई घरमा ठोकिन पुगेको थियो । दुर्घटनामा संलग्न भ्यान सहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi