२०७३/११/२७, बाराको निजगढमा सवारी दुर्घटना ५ जना घाइते
---------------------------------------------
---------------------
बाराको निजगढ २ सिंगोलमा आज विहान पौने ७ बजे तीव्र गुडिरहेको ना ४ त १९९६ नम्बरको ट्याक्टरले अकस्मात बे्रक लगाउँदा पछाडि रहेको ज १ च १३९४ नम्बरको बलेरो जीप ट्याक्टरमा ठोकिंदा ५ जना घाइते भएका छन् । बलेरो पछाडि रहेको ना ५ ख २७०९ नम्बरको रात्री बस पनि बलेरोमा ठोकिन पुगेका थियो । दुर्घटनामा ट्याक्टर चालक निजगढ ९ का धु्रव न्यौपाने, ट्याक्टरमा सवार निजगढ ७ का बुद्धि बहादुर काफ्ले, सोही ठाउँका विष्णु कार्की, बलेरो चालक सर्लाही हरिवन ४ का बाबु विसुके र बलेरोमा सवार हरिवन २ का प्रमोद कुमार महतो घाइते भएका हुन् । घाइते मध्ये ट्याक्टरमा सवार बुद्धि बहादुरको अवस्था भने गम्भीर रहेको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
२०७३/११/२७, चितवनको दारेचोकमा बस र ट्रक आपसमा ठोकिंदा ११ जना घाइते
---------------------------------------------
--------------------------------
चितवनको दारेचोक ३ कुरिनटारमा आज विहान ८ बजे ना ६ ख २४७८ नम्बरको बस र लु १ ख ८११८ नम्बरको ट्रक आपसमा ठोकिंदा ११ जना घाइते भएका छन् । घाइते मध्ये बसमा सवार दाङ्ग घोराहीकी ४५ वर्षिया दौदा घिमीरे, सोही ठाउँकी २५ वर्षीया सुस्मिता बराइली र रुकुम घर भएका सन्तोष रोक्का मगरको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिङ्गले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर र काठमाडौंका अस्पतालमा पठाइएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र चालकलाई स्थानीय प्रहरीले जानकारी दिएको छ ।



