[ ]
Latest News Updates

ADVERTISE WITH US

२०७३/१२/२२,म्याग्दीमा बस दुर्घटना, एक दर्जन भन्दा बढी यात्रु घाइते
Tuesday, April 4, 2017 Posted by Chitra Khabar


---------------------------------------------
--------------------
म्याग्दीको रघुगंगा गाँउपालिका-१ बेगखोला नजिकै गएराती २६ जना सवार रहेको बस दुर्घटना हुँदा एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । जोमसोमबाट बेनीतर्फ जाँदै गरेको ध १ ख २८५ नम्बरको बस गएराती १० बजे बेगखोला नजिकै दुर्घटना भएको हो । गम्भीर घाइते भएका मकवानपुर हेटौडा-२ का भरत धिताल,लमजुङ्ग बेशीसहर-१० की लक्ष्मी घिमिरे,सोही स्थानकी शुसिला धिताल र स्याङ्गजा वालिङ्ग-८ की मिना लामिछानेलाई भने जिल्ला अस्पताल म्याग्दीबाट थप उपचारको लागि रिजनल अस्पताल पोखरा रिफर गरिएको छ । अन्य घाइतेको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ । दुर्घटना पश्चात् फरार रहेका चालकको भने खोजी भइरहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi